logo
  • ६ आश्विन २०८३, मंगलवार | Tue, 22 Sep 2026
  • पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

    • heralokhabar heralokhabar
    • ५ आश्विन २०८३ सोमबार
    पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

    हेरालाे खबर

    पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आगामी मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने भएको छ।

    प्रतियोगितामा राष्ट्रियस्तरका आमन्त्रित पुरुष भलिबल टोलीको सहभागिता रहनेछ। विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तृतीयले १ लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

    उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

     

     



    heralokhabar heralokhabar    
  • ५ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP