logo
  • २५ फाल्गुन २०८२, सोमबार | Mon, 09 Mar 2026
  • नेपालको प्रतिनिधित्व गर्दै ६ सदस्यीय उसु र आर्चरी टोली चीन प्रस्थान

    • heralokhabar heralokhabar
    • २५ फाल्गुन २०८२ सोमबार
    नेपालको प्रतिनिधित्व गर्दै  ६ सदस्यीय उसु र आर्चरी टोली चीन प्रस्थान

     

    हेरालाे खबर

    काठमाडौ | चीनमा नेपालको प्रतिनिधित्व: ६ सदस्यीय उसु र आर्चरी टोली कुन्मिङ प्रस्थान गरेकाे छ |


    नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ ‘चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान’ कार्यक्रम आयोजना हुन लागेको छ। उक्त विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्ततर्फ प्रस्थान गर्दै छन्।
    चीन प्रस्थान गर्ने टोलीमा मार्सल आर्ट र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) क्षेत्रका अनुभवी व्यक्तित्वहरू सहभागी छन्। टोलीमा राजिव महर्जन, राज कुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहनुभएको छ। उहाँहरूले कुन्मिङमा रहँदा चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट र प्राचीन धनुर्विद्याका विविध आयामहरूमा गहन प्रशिक्षण लिनेछन्।
    काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेक विक्रम शाहका अनुसार, यो भ्रमण मुख्यतया ‘स्किल ट्रान्सफर’ र प्रशिक्षणमा केन्द्रित रहनेछ। एक हप्तासम्म चल्ने यस सत्रमा नेपाली सहभागीहरूले चिनियाँ मार्सल आर्टको शैली र परम्परागत आर्चरीका प्राविधिक पक्षहरू सिक्नेछन् भने नेपालको मौलिक खेल संस्कृति र पहिचानलाई चिनियाँ खेल समुदायमाझ प्रस्तुत गर्नेछन्।”हामीले विगतमा नेपालमा आयोजना गरेको सेमिनारले जुन उत्साह जगाएको थियो, त्यसैलाई थप व्यावसायिक बनाउन यो चीन भ्रमण फलदायी हुनेछ,” अध्यक्ष शाहले जानकारी दिनुभयो।
    मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले यो कार्यक्रम विगतमा भएका सम्झौताहरूको सफल कार्यान्वयन भएको बताउनुभयो। प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गरी आगामी दिनमा नेपालमा मार्सल आर्ट र परम्परागत आर्चरीको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन मद्दत गर्ने विश्वास लिइएको छ।
    चीन प्रस्थान गर्नुअघि काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघका अध्यक्षले टोलीलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गर्नुभयो। बिदाइका क्रममा उहाँले टोलीलाई सफलतापूर्वक प्रशिक्षण पुरा गरी राष्ट्रको गौरव बढाउन शुभकामना दिनुभयो।
    काठमाडौं जेन्जी ट्रेडिशनल आर्चरी संघ नेपाल र मार्सल आर्ट अर्गनाइजेसन नेपालको संयुक्त पहलमा यो कार्यक्रम तय भएको हो। दुई देशका संस्थाहरूबीचको आपसी समझदारी स्वरूप यसपटक नेपाली टोलीलाई चीनको ‘कुन्मिङ जेन्जी ट्रेडिशनल अर्गनाइजेसन’ ले प्रशिक्षणका लागि आमन्त्रण गरेको हो।



    heralokhabar heralokhabar    
  • २५ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP