logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • पोखरामा सशस्त्रको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान

    • Heralo Reporter Heralo Reporter
    • ७ भाद्र २०८१ शुक्रबार
    पोखरामा सशस्त्रको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान

    पोखरा , हेरालाे खबर

    पोखरा ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएको भन्दै मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाइमा डेंगी खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं। ५ र ८ का वडा अध्यक्ष, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्तासहित स्थानीयको सहभागीतामा अभियान सुरु गरिएको कालिका गणका गणपति ९एसपी० अरुण कुमार शर्माले जानकारी दिए ।

    बिहान ७ बजे देखी १० बजेसम्म दुवै वडाहरुका विभिन्न स्थानमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार ५ भदौसम्म कास्कीमा कुल ९८९ जनामा डेंगी संक्रमण देखिएको छ । डेंगीकै कारण २ जनाको ज्यान गुमेको छ । कास्कीको पोखरामा सवै भन्दा धेरै संक्रमित भएको वडामा क्रमश पोखरा ८ मा १५७ जना, ५ मा ८६ जना,  ७ मा ३७ जना र  १७ नम्बर वडामा ३५ जनामा संक्रमण देखिएको छ । यस्तो बेला डुंगु नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको कालिका गणलाई अगुवाई गर्न अनुरोध गरिएको समेत प्रमुख नेपाली बताए।

    पोखरा महागरपालिका भित्र कोर एरियाका रुपमा रहेका वडा नं ८ र ५ मा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएकाले अन्य वडाको तुलनामा डेंगी वढी फैलिएको हुनसक्ने वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बराल र वडा नम्बर ५ का वडाध्यक्ष विष्ण बरालले बताएका छन् ।

    डेंगी खोज्ने तथा नष्ट गर्ने विहानको अभियानमा वडा नं ८ मा ५० जना र वडा नं ५ मा ७० जना गरि कुल १२० जना सशस्त्र प्रहरी परिचालित भएका र करिब सोही संख्यामा स्थानीय समुदायबाट तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागीता रहेको एसपी शर्माले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • ७ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP