logo
  • २५ माघ २०८२, आईतवार | Sun, 08 Feb 2026
  • आज गण्डकी, कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङ्‍सहित वर्षा हुने

    • Heralo Reporter Heralo Reporter
    • १६ कार्तिक २०८१ शुक्रबार
    आज गण्डकी, कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङ्‍सहित वर्षा हुने

    पाेखरा  , हेरालाे खबर

    देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    यी दुई प्रणालीको प्रभावले आज शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आज दिउँसो पनि कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्‍सहित हल्का वर्षाको सम्भावना छ।

    त्यस्तै गण्डकी, कोशी र बागमती प्रदेश प्रदेश उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    Heralo Reporter Heralo Reporter    
  • १६ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP