logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • घाँसीकुवामा फेरी खस्यो पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

    • Heralo Reporter Heralo Reporter
    • २१ भाद्र २०८१ शुक्रबार
    घाँसीकुवामा फेरी खस्यो पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

    तनहुँ , हेरालाे खबर

    तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

    बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएको हो ।

    लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ । छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । वर्षा नरोकिएकाले समस्या भएको प्रहरीको भनाइ छ ।

    यसै ठाउँमा गत साउनमा ठूलो पहिरो खस्दा पन्छाउन दुई दिन लागेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २१ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP