logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • मोटरसाइकलको ठक्करबाट पार्वती चौधरीको मृत्यु, चालक गम्भीर घाइते

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    मोटरसाइकलको ठक्करबाट पार्वती चौधरीको मृत्यु, चालक गम्भीर घाइते

    कैलाली , हेरालाे खबर

    कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका वडा नं. २ की ५५ वर्षीया पार्वती चौधरी रहेकी छन् ।

    कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडकमा से६प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्रा रहेकी चौधरी गम्भीर घाइते भएकी थिइन् ।

    उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP