logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औ बार्षिक साधारण सभा

    • Heralo Reporter Heralo Reporter
    • १३ आश्विन २०८१ आईतवार
    सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औ बार्षिक साधारण सभा

    पाेखरा , हेरालाे खबर

    सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    २०६३ देखी संचालनमा आएको सहकारीले सामुदायिक रेडियो १०४.६ मेगार्हजको प्रशारण संगै शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागी बचत ऋण को कारोबार मार्फत २ अर्ब २२ करोड ,कुल कारोबार सहित संस्थाको पुजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

    एकताबद्ध सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणान देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरीएको थियो ।

    सभाको शुभारम्भ गदै पूर्व अधक्ष्य प्रेम बहादुर जि.सी ले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकास संगै सबैको साथ सहयोग को लागी आहवान गर्नुभएको थियो ।

    साधारण सभाले अधक्ष्य कृष्ण बहादुर थापा द्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन, सचिव कुल प्रसाद सुवेदी वाट प्रस्तुत संस्थागत एंव प्रस्तावित प्रतिवेदन ,कोषाध्यक्ष राम मणि पौडेल बाट प्रस्तुत आथिक, लेखा परिक्षण प्रतिवेदन , लेखा संयोजक शिब बहादुर बानिया बाट प्रस्तुत लेखा प्रतिवेदन ,सहसचिव माया कुमारी शर्मा बाट प्रस्तुत कर्जा असुली प्रतिवेदन ,ब्यवस्थापक सुरेन्द्र थापा बाट प्रस्तुत संस्थागत प्रतिवेदनलाई पारित गरीएको थियो ।

    कार्यक्रममा संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी , कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहित राज वास्तोला ,अधिवक्ता गोबिन्द पौडेल , प्रेम गीरी ,उपाध्यक्ष बसन्त बहादुर बानिया, संस्थाका सदस्य तारा थापा लगायत शेयर सदस्यहरुले आ आफ्नो धाराणा राखेका थिए ।

    संस्थामा उत्कृष्ठ कारोबार , बचत कर्जा नियमित जेष्ठ सदस्यका उत्कृष्ठता हासिल गरेका छोरा छोरी हरु लाई सम्मान गरीएको थियो ।
    संस्थाले सहकारी ऐन नियम अनुसार संस्थागत रहि सामाजिक उत्तरदायित्वका विविध सामाजिक , शैक्षिक र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु गदै आएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP