logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • शारीरिक सुगठन तथा फिटनेस महासंघ गण्डकीका अध्यक्ष उदास सम्मानित

    • Heralo Reporter Heralo Reporter
    • ३० कार्तिक २०८१ शुक्रबार
    शारीरिक सुगठन तथा फिटनेस महासंघ गण्डकीका अध्यक्ष उदास सम्मानित

    पोखरा , हरालाे खबर

    नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ गण्डकी प्रदेशका अध्यक्ष शंकरमान उदास सम्मानित भएका छन् ।

    शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय निर्णायकको सर्टिफिकेसन (अन्तर्राष्ट्रिय रेफ्री) समेत रहेका उदास पोखराको रत्नश्री जिमका सञ्चालन हुन् ।

    उदास हालै सम्पन्न १५औँ वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ जना खेलाडी माल्दिभ्स पुगेका थिए ।

    च्याम्पियनसिप नेपालले ऐतिहासिक चार रजत जितेपछि रत्नश्री जिमका खेलाडीले उदासलाई सम्मान गरेका हुन् ।

    माल्दिभ्समा भएको च्याम्पियनसिपमा नेपालका ६ बडिबिल्डरले प्रतिस्पर्धा गरेका थिए । जसमा चार बडिबिल्डर रुजेश शाही, प्रज्ज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक जितेका थिए ।

    च्याम्पियनसिपमा ४१ राष्ट्रका तीन जना खेलाडीले ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिप बडिबिल्डिङ एशोसिएशन अफ माल्दिभ्सले आयोजनामा गरेको हो ।



    Heralo Reporter Heralo Reporter    
  • ३० कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP