logo
  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • विश्व फोटोग्राफी दिवसमा एनएफपिजे अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी हुँदै

    • heralokhabar heralokhabar
    • २ भाद्र २०८२ सोमबार
    विश्व फोटोग्राफी दिवसमा एनएफपिजे अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी हुँदै

    हेरालाे खबर

    काठमाडौ | विश्व फोटोग्राफी दिवसमा एनएफपिजे अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी हुँदै

    १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) यस वर्ष फोटो प्रदर्शनी गरेर मनाउने भएको छ।

    सो दिन केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको FLIGHT & FRAME नामक एकल फोटो प्रदर्शनी गर्ने भएको हो।

    भदौ ३ गते काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने प्रदर्शनीमा वन्तले हेलिकप्टरबाट खिचिएका नेपालका विभिन्न भूभागका आकर्षक तस्बिरहरू रहने छन् ।

    संस्थाले फोटो अवलोकनका लागि फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूलाई सहभागि आग्रह समेत गरेको छ।



    heralokhabar heralokhabar    
  • २ भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP