logo
  • १२ असार २०८३, शुक्रबार | Fri, 26 Jun 2026
  • न्यु डायमन्डको दुवै टोली सेमिफाइनला

    • heralokhabar heralokhabar
    • ८ असार २०८३ सोमबार
    न्यु डायमन्डको दुवै टोली सेमिफाइनला

    न्यु डायमन्डको दुवै टोली सेमिफाइनला
    काठमाडौं |टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    सोमबार दुवैले समान २–२ खेलेकोमा दुवैमा जित आत्मासात् गर्दै सेमिफाइनलमा पुगेका हुन् । टिप टप न्यु डायमन्ड समूह ‘ए’ तथा न्यु डायमन्ड एकेडेमी समूह ‘बी’ को विजेता बने ।


    मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा टिप टप न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११ र २५–५ तथा सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६ र २५–४ को सोझो सेटमा पराजित गरे ।


    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४ र २५–६ तथा गणेश हिमाललाई २५–९, २५–२२ र २५–१४ ले हराए ।


    अन्य खेलमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१ र २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६ र २५–१७ तथा अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२ र २५–१० ले पाखा लगाए ।



    heralokhabar heralokhabar    
  • ८ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP