हेरालाे खबर
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भारतले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

भारतले किर्गिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३-० को सहज जित दर्ता गरेको हो। खेलमा भारतले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा किर्गिस्तानले कडा प्रतिस्पर्धा गरे पनि भारत २६-२४ ले विजयी भयो। तेस्रो सेटमा पनि भारतले दबाब कायम राख्दै २५-१४ को जित निकाल्यो।

यस जितसँगै भारत समूह चरणमा ८ अंक जोड्दै समूह विजेता बनेको छ। यही समूहबाट नेपाल ७ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा भारत र नेपालको सेमिफाइनल यात्रा पछि उपाधि होड अझ रोमाञ्चक बनेको छ।

प्रतिक्रिया