logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • उसु प्राे नाईट्स भाईटमा निर्णायकमा शंकर भुजेल

    • heralokhabar heralokhabar
    • १ बैशाख २०८२ सोमबार
    उसु प्राे नाईट्स भाईटमा निर्णायकमा शंकर भुजेल

    उसु प्राे नाईट्स भाईटमा निर्णायकमा शंकर भुजेल

    हेरालाे खबर

    काठमाडौ |सिक्किम एमेचर उसु संघकाे आयाेजना हुन लागेकाे उसु प्राे नाईट्स भाईटमा नेपाल बाट निर्णायककाे रुपमा शंकर भुजेल भाेली सिक्किम प्रस्थान गर्दै छन् । उनि सहित नेेपाल बाट ८ सदशीय टाेलिकाे सहभागीता रहने छ। उक्त प्रतियोगिताकाे लागि मार्सल आर्ट्स अर्गनाइजेसन नेपाललाई निमन्त्रणा आएकाे थियाे। प्रतियाेगितामा विभिन्न ५ ताैल समुहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । नेपालकाे तर्फबाट मिलन राई ५२केजि ताैल समुह, निस्चल तामाङ ५६ केजि ताैल समुह, कमल आचार्य ६०केजि ताैल समुह, मिलन तामाङ ६५ केजि ताैल समुह र विनाेद श्रेष्ठ ७० केजि ताैल समुहमा प्रतिस्पर्धा गर्ने छन् साथै प्रशिक्षकमा राजिव महर्जन टिम मेनेजरमा किरण सिह साउद रहेकाे मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले जानकारी दिएकाे छ ।

    सहभागी टिम लाई किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डगाेलले आज एक कार्यक्रम गरि बिदाई गर्नुका साथै सफलताकाे शुभकामना समेत प्रदान गर्नु भयाे । उहाँले खेलाडीहरुलाई जितेर आउन बाघभैरबकाे आशिर्वाद रहेकाे बताउनु भयाे। उसु खेलकाे बिकास र बिस्तारका लागि सधै आफु तत्पर रहेकाे बताउनु भयाे । सम्पूर्ण किर्तिपुर नगरकाे तर्फबाट खेलाडी तथा सहभागिहरुलाई बधाई दिनु भयाे।।



    heralokhabar heralokhabar    
  • १ बैशाख २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP