logo
  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

    • heralokhabar heralokhabar
    • ३१ श्रावण २०८२ शुक्रबार
    एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

    हेरालाे खबर

    एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा। एएफसी यु-२३ एसियन कप छनोटका लागि  नेपाली टोली घोषणा भएको छ ।

    शुक्रबार प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

     उनले  मिडफिल्डर आरोन थापासहित सिनियर टोलीका विंगर आयुष घलान, मिडफिल्डर कृतिशरत्न छुन्जु तथा भुटानमा लिग खेलिरहेका मिडफिल्डर सन्तोष खत्रीलाई टोलीमा सामावेश गरेका छन् ।

    छनोटको समूह ‘के’ मा नेपाल, सिरिया, फिलिपिन्स र आयोजक ताजिकिस्तानले छन् । यो समूहको खेल सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ ।

    नेपालले पछिल्लो पटक सन् २०२२ मा एएफसी यु–२३  एसियन कप छनोट खेलेको थियो।

    नेपाली टोली

    गोलकिपरः कृष्ण मोक्तान, अमित टमटा, विशाल केसी

    रक्षकः विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु, सिमन्त थापा

    मिडफिल्डरः अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित शाह

    फरवार्डः रोहन खड्गी, निरजन धामी



    heralokhabar heralokhabar    
  • ३१ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP