logo
  • ८ असार २०८३, सोमबार | Mon, 22 Jun 2026
  • न्यु डायमन्डको दुवै टोली विजयी

    • heralokhabar heralokhabar
    • ७ असार २०८३ आईतवार
    न्यु डायमन्डको दुवै टोली विजयी

    हेरालाे खबर

    काठमाडौ |न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।


    मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २५–२, २५–५ र २५–२ को सोझो सेटमा सहजै पराजित ग¥यो ।
    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा न्यु डायमन्ड एकेडेमीले एलिक्सर एकेडेमीलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१२ ले हरायो ।

    प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    प्रतियोगितामा ८ टिम सहभागी छन् । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जनाएका छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।



    heralokhabar heralokhabar    
  • ७ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP