काठमाडौं, १८ चैत । प्रेस सेन्टर नेपालकाे पाँचौं राष्ट्रिय महाधिवेशनबाट कमल गिरी अध्यक्षमा निर्वाचित भएका छन्।आज सम्पन्न निर्वाचनमा गिरीले ३६६ मत प्राप्त गर्दै विजयी भएका हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने महासचिवमा मनोज घर्ती मगरले ३७९ मत ल्याएर विजयी भएका छन्।
अन्यको मतपरिणाम:
उपमहासचिव: ज्ञानप्रसाद पौडेल (१६५ मत)
खुला सचिव: सुरेन्द्र चालिसे (२६२ मत) तथा सन्तोष देउजा (१८२ मत)
महिला सचिव: अन्जली थापा (३१० मत)
समावेशी सचिव: अवतार राई (२२६ मत)
कोषाध्यक्ष: वसन्त गिरी (३३५ मत)
कर्णाली सचिव: गणेशकन्चन भारती (२९ मत)
प्रदेश नम्बर १ सचिव: दिपेन्द्रकुमार राई ‘दिपिन’ (३० मत)
प्रतिक्रिया