logo
  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • आन्दोलनले क्षती पुगेको प्रहरी कार्यालयलाई एनएमबि लघुवित्तको सहयोग

    • heralokhabar heralokhabar
    • १८ कार्तिक २०८२ सोमबार
    आन्दोलनले क्षती पुगेको प्रहरी कार्यालयलाई एनएमबि लघुवित्तको सहयोग

    हेरालो खबर, इटहरी, कार्तिक १७ गते । जेनजी अन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय पकली सुनसरीलाई एनएमबि लघुवित्त वित्तीय संस्था लि. ले २ थान थ्री सिटर चियर सहयोग गरेको छ । संस्थाको प्रादेशिक कार्यालय इटहरीको संयोजनमा सोमवार सो सहयोग कार्यक्रम गरिएको हो । जनताको सेवामा खटिने प्रहरी कार्यालयमा दैनिकजसो सेवाग्राहीको भिड हुने र सेवाग्राही बस्न सहज होस् भनि संस्थाको तर्फबाट २ थान थ्री सिटर चियर सहयोग गरिएको एनएमबि लघुवित्त वित्तीय संस्था लि. प्रादेशिक कार्यालय इटहरीका प्रादेशिक प्रमुख सुरेश कार्कीले हेरालो खबरलाई जानकारी दिनुभयो ।

    भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी कार्यलयमा क्षती भएको थियो । संस्थाले सामाजिक उतरदायित्व अन्तरगत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । उक्त क्षेत्रका वासिन्दालाई एनएमबि लघुवित्तले बैकिगं सेवा प्रदान गर्दे आई रहेको छ । कार्यक्रमलाई सम्पन्न गर्न बित्तीय संस्थाका इटहरी प्रदेश प्रमुख सुरेश कार्की , क्षेत्रीय प्रवन्धक तिर्थराज राई , लबिपुर शाखाका शाखा प्रमुख धिरज कुमार झा, कर्मचारी रमेश खड्का र सुजता श्रेष्ठले भूमिका निर्वाह गरेका थिए ।

    जेनजी आन्दोलनका क्रममा सुनसरीेका २८ सरकारी तथा निजी संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । इटहरी उपमहानगरपालिका भवन, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी सहितका स्थानीय तह र वडा कार्यालाय भवन, इलाका प्रहरी कार्यालय इटहरी र पकली तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिको घरहरूमा तोडफोड र आगजनी भएको थियो । सुनसरीको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।



    heralokhabar heralokhabar    
  • १८ कार्तिक २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP