१ फागुण, हेरालाे खबर, रुकुम । रुकुम जिल्लाको चौरजहारी नगरपालिकाकाे घर घरमा एनएमबि लघुवित्तकाे सेवा पुगेकाे छ । नगरपालिकावासीलाइ लक्षित गरी वडा न. ३ मा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौरजहारीले ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा ग्राहक सदस्य र स्थानियबासीकाे उपस्थिति रहेको थियो । चौरजहारी शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय चौरजहारिका शाखा प्रबन्धक टीकाराम परियारले जानकारी दिनु भयो। कार्यक्रममा केन्द्रीय कार्यालय कर्जा विभागमा कार्यरत प्रकाश रावल ,शाखा कार्यालय चौरजहारिका कर्मचारी कौशिला कुमारी बढाथोकी र शान्ती गिरिले सहजीकरणा गर्नुभएकाे थियो ।
उक्त नगरपालिकामा वडा न. १, २, ३, ४ , ५ ,६ र सल्यान र जाजरकोटको केही क्षेत्रका करिब पाँच सय भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय चौरजहारिले रुकुम जिल्लाको चौरजहारी नगरपालिका, जाजरकोट जिल्लाको सानोभेरी नगरपालिका र सल्यान जिल्लाको कुमाथ नगरपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।गन्डकी प्रदेशको पोखरा महानगरपालिका वडान ८ न्युरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।
प्रतिक्रिया