हरेकवर्ष सामाजिक सुरक्षामा जोडिए श्रमिकको संख्या बद्ढै
हेरालो खबर
काठमाडौं । सामाजिक सुरक्षा कोषका एक वर्षमा ८ लाखभन्दा बढी श्रमिकहरु आबद्ध भएको छ । कोषले एक कार्यक्रममा गर्दै आर्थिक वर्ष २०८२–८२ ८ मा ८ लाख ८२ हजार ९ सय ४६ जना योगदानकर्ता श्रमिकहरु जोडिएको बताएको हो ।
यो संगै सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको कूल सख्या २३ लाख ७४ हजार ४ सय ८६ पुगेको छ । जसमध्ये ६ लाख १ हजार ८ सय २५ श्रमिक औपचारिकतर्फ, १७ लाख ७१ हजार ५ सय ३७ श्रमिक वैदेशिक क्षेत्रतर्फ, ५ सय ३७ श्रमिक वैदेशिक क्षेत्रतर्फ रहेका छन् भने अनौपचारिक वा स्वरोजगारतर्फ १ हजार १ सय २४ श्रमिक रहेका छन् ।
यसबाट कोषमा योगदान वा संकलन रकम ८३ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । उक्त रकम अहिलेसम्म कोषले मुद्दती, ट्रेजरी बिल, डिबेन्चर आदीमा लगानी गर्दै आएको छ । सम्मेलनमा बोल्दै कोषका कार्यकारी अधिकृत कविराज अधिकारीले अब भने कोषमा रहेको रकम पूर्वाधार क्षेत्रमा लगानी गर्ने जानकारी दिए ।
अहिलेसम्म कोषले विभिन्न योजना अन्तर्गत १५ अर्ब ७५ करोड रुपियाँ भुक्तानी गरेको छ । यस्तै योगदानकर्ता सापटी अन्तर्गत ७ अर्ब ४ करोड भुक्तानी गरेको छ ।
कोषको सेवालाई प्रभावकारी बनाउन कोषसंग कूल १०७ वटा अस्पताल जोडिएका छन् ।
प्रतिक्रिया