logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने

    • heralokhabar heralokhabar
    • १८ श्रावण २०८२ शनिबार
    वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने

     

    हेरालो खबर

    काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए ।


    उनले भने, ‘विदेशबाट आफ्नो समय सकाएर नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने, आफ्नै पालिकामा स्थापित गराउने र वैदेशिक रोजगारमा एकपटक गइसकेको व्यक्ति पुनः जान नपर्ने अवस्था निर्माण गर्ने गरि उद्यमशिलता तालिमको व्यवस्थापन गर्ने, तालिम दिने र उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ ।’

    यस्तै, उनले वैदेशिक रोजगारमा घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेल पर्ने जस्ता अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डले नै गर्ने भन्दै राहत, उद्धार र कल्याणकारी कामलाई बोर्डले प्राथमिकतामा राखेर बताए ।

    उनले भने, ‘विदेश जानुपूर्व सीपमूलक तालिमहरु दिने गइ सकेपछि अप्रिय घटनाहरु हुन सक्छन् । घाइते हुने, अपाङ्ग हुने, मृत्यु हुने अथवा अलपत्र पर्ने, जेलमा पर्ने, एउटा काम भनेर लाने अर्को काम गराउने खालको अवस्थामा उद्धार गर्ने काम वैदेशिक रोजगार बोर्डको हो । यो चरणको हिसाबले दोस्रो चरणको काम भएपनि क्रियाकलापको हिसाबले सबैभन्दा महत्वपूर्ण र प्राथमिकताको हिसाबले, पहिला प्राथमिकताको काम भनेकै राहत, उद्धार र कल्याणकारी काम नै हो ।’

    उनले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुले एपबाट नै पढ्न मिल्ने खालको पाठ्यक्रम निर्माणको तयारी गरिरहेको भन्दै यसलाई अलि व्यवस्थापन गर्न सके घाइते र मृत्यु हुने दर कम हुने विश्वास व्यक्त गरेका छन् । सोही अनुसारको बजेटको कार्यक्रमहरु पनि बनाएको उनको भनाइ छ । ।



    heralokhabar heralokhabar    
  • १८ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP