logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • पोखरामा सवारी दुर्घटना, घाइतेको मणिपाल र फिस्टेल अस्पतालमा उपचार हुँदै

    • Heralo Reporter Heralo Reporter
    • १ कार्तिक २०८१ बिहीबार
    पोखरामा सवारी दुर्घटना, घाइतेको मणिपाल र फिस्टेल अस्पतालमा उपचार हुँदै

    पोखरा , हेरालाे खबर

    पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे पोखरा-२५ बडहरेमा पोखराबाट म्याग्दी जाँदै गरेको ग१ख ७००२ नं. को बसलाई ग१ख ९१४२ नं. को टिप्परले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार घाइते हुनेमा बसमा यात्रा गरिरहेका म्याग्दी धौलागिरी गाउाँलिका वडा नं ५ का ८४ वर्षीय हर्कलाल छन्त्याल छन् । उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै टिप्पर चालक सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ का ३१ वर्षीय मनोज र कटुवाल सोही टिप्परमा सवार नुवाकोटका २८ वर्षीय बुद्ध घले पनि घाइते भएका छन् । उनीहरु दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    बस चालक र मणिपालमा उपचाररत टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP