logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • चौबिसौँ आहा ! रारा पोखरा गोल्डकप माघ २२ देखि फागुन ३ गतेसम्म

    • Heralo Reporter Heralo Reporter
    • ८ कार्तिक २०८१ बिहीबार
    चौबिसौँ आहा ! रारा पोखरा गोल्डकप माघ २२ देखि फागुन ३ गतेसम्म

    पोखरा , हेरालाे खबर

    चौबिसौँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २२ देखि फागुन ३ गतेसम्म हुने भएको छ ।

    समय तालिकाका लागि सहारा क्लबको आग्रहमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको हो ।

    क्लबले पोखरामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा ३० जना बालक छन् ।

    सहाराले फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा बालकहरुको उचित शिक्षा, दीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै छ । तेइसौँ संस्कारणबाट भने सहाराले नोक्सान बेहोरेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP