logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • पोखरामा फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

    पोखरामा फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

    पोखरा  , हेरालाे खबर

    मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।

    चालिस वर्ष उमेर पुगेकालाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा प्रतियोगिताको आयोजना गरिएको हो ।

    प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोस्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए ।

    भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद एक हजार पाँच सय र ट्रफी र बेष्ट गोलरक्षकलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ ।

    प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता शुल्क पाँच हजार पाँच सय रहेको र आगामी मंसिर ५ गते बेलुका ५ बजेसम्म टीम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिता रानीपौवा स्पोर्टस् सेन्टरमा हुने छ ।



    Heralo Reporter Heralo Reporter    
  • ४ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP