logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • विश्व कप लिग टु – नेपाल र स्कटल्याण्डको खेल आज

    • Heralo Reporter Heralo Reporter
    • १३ कार्तिक २०८१ मंगलवार
    विश्व कप लिग टु – नेपाल र स्कटल्याण्डको खेल आज

    हेरालाे खबर

    विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डबीचको खेल आज हुँदैछ ।

    खेल मंगलवार नेपाली समयअनुसार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ । सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ ।

    नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई खेल खेल्ने छ । यो नेपालको तेस्रो सिरिजको दोस्रो खेल हो । यसअघि गत आइतवार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

    २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । स्कटल्याण्डले पनि यस सिरिजमा दोस्रो खेल खेल्दैछ । गत शुक्रवार भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो ।

    लिग टु मा नेपाल ९ खेलमा ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ । २०१९-२०२३ लिग टु को विजेता स्कटल्याण्ड यसपटक ८ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ ।

    नेपाल र स्कटल्याण्डबीचको हेड टु हेड

    नेपाल र स्कटल्याण्डबीच हालसम्म ६ ओडिआई भएका छन् । जसमा दुवै टोलीले बराबर ३ खेल जितेको छ ।

    नेपालले स्टकल्याण्डविरुद्ध घरेलु मैदानमा २ खेलमा शतप्रतिशत जितको नतिजा निकालेको थियो । स्कटल्याण्डको घरेलु भूमीमा १ खेल जित र १ मा हार बेहारेको नेपालले तथस्ट भूमीमा खेलेको दुवै खेल हारेको छ ।

    नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेल जितेको थियो । अघिल्लो पटकको लिग टु मा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको थियो ।

    सो खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३८ रनमा ८ विकेट गुमाएको अवस्थामा कप्तान रोहित कुमार पौडेल र करण केसीले नट आउट ७५ रन साझेदारीमा जित दिलाएका थिए ।

    नेपालको खेल तालिका :

    कार्तिक ११ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला बेलुका ९ : १५ नेपाली समय अनुसार )

    कार्तिक १३ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला बेलुका ९ : १५ नेपाली समय अनुसार)

    कार्तिक १७ – अमेरिकाविरुद्ध नेपाल, ग्राण्ड प्रेरी रंगशाला बेलुका ९ : १५ नेपाली समय अनुसार)

    कार्तिक १९ – नेपालविरुद्ध स्कटल्यान्ड, ग्राण्ड प्रेरी रंगशाला बेलुका ९ : १५ नेपाली समय अनुसार)

    नेपालको टोली :

    आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, देव खनाल (वैकल्पिक), सागर ढकाल (वैकल्पिक) ।



    Heralo Reporter Heralo Reporter    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP