काठमाडौं , हेरालाे खबर
नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ ।
गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ ।
ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट हन्टका लागि जिल्ला र प्रदेशको टिमको प्रतिनिधित्व गरिसकेका, राष्ट्रिय टोलीबाट नखेलेका तथा एनपिएलको अक्सनमा रजिस्ट्रेसन नभएका खेलाडीले नाम दर्ता गराउन सक्नेछन् ।
बालुवाटारस्थित एक्सिलेन्स सेन्टर बालुवाटारमा कात्तिक २७ गते ट्यालेन्ट हन्ट हुनेछ । क्रिकेट एक्सिलेन्स सेन्टर भक्तपुरमा कात्तिक २८ गते, हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा कात्तिक २९ गते र पेप्सीकोलामा रहेको वान डे क्रिकेट एकेडेमीमा मंसिर १गते ट्यालेन्ट हन्ट हुनेछ ।
ट्यालेन्ट हन्टबाट छानिएका १ जनाले एनपिएलमा काठमाडौं गुर्खाजको प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया