logo
  • २५ माघ २०८२, आईतवार | Sun, 08 Feb 2026
  • पोखरा एभेन्जर्सको जर्सी मुस्ताङको लोमान्थाङमा सार्वजनिक

    • Heralo Reporter Heralo Reporter
    • २३ कार्तिक २०८१ शुक्रबार
    पोखरा एभेन्जर्सको जर्सी मुस्ताङको लोमान्थाङमा सार्वजनिक

    • पोखरा , हेरालाे खबर

    एनपिएलको प्रतिस्पर्धी टिम पोखरा एभेन्जर्सले बिहीबार जर्सी सार्वजनिक गरेको छ ।

    टिमका प्रमुख सल्लाहकार एवं मेन्टर दक्षिण अफ्रिकाका खेलाडी जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

    जर्सी सार्वजनिक गर्दै जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए ।

    पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको बताए ।

    जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजिएको उनले बताए ।

    उनले भने, ‘गण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौँ, यसमा हामी गम्भीर हुनुपर्ने छ, यसमा एउटा सन्देश दिनका लागि पनि हामी आएका छौँ ।’

    कार्यक्रममा १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न आग्रह गरे ।



    Heralo Reporter Heralo Reporter    
  • २३ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP