logo
  • २३ भाद्र २०८३, मंगलवार | Tue, 08 Sep 2026
  • ‘बी’ डिभिजन लिग माघमा!

    ‘बी’ डिभिजन लिग माघमा!

    हेरालाे खबर

    सहिद स्मारक ‘बी ‘ डिभिजन लिग यही माघ १३ बाट सुरु हुने भएको छ ।

    अखिल नेपाल फुटबल संघ(एन्फा) का पदाधिकारी तथा बी डिभिजन क्लबका पदाधिकारीहरु बीच बिहीवार भएको छलफलले बी डिभिजन लिग माघ १३ गतेबाट सुरु गर्ने निर्णय गरेको एन्फाले जनाएको छ।

    एन्फाले मंसिर २१ गते सम्म क्लब दर्ता गर्न समय निर्धारण गरेको छ। मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप, मंसिर २५ र २६ गते क्लब लाइसेन्सेन्सिङ वर्कसप हुनेछ।

    पुस १३ गते बी डिभिजन लिगको खेल तालिका सार्वजनिक हुनेछ भने लिग माघ १३ गते सुरु हुनेछ। बी डिभिजनका केहि खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।

    बी डिभिजन लिग पछिल्लो पटक ३ वर्ष अघि भएको थियो। त्यति बेला चर्च ब्वाइज युनाइटेडले बी डिभिजन लिग जितेको थियो। डेढ वर्षअघि चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनिसकेको थियो भने बी डिभिजन लिग अझै हुन सकेको थिएन।

     



    Heralo Reporter Heralo Reporter    
  • ६ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP