logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • यु १९ एसिया कप – पहिलो जितको खोजीमा नेपाल

    यु १९ एसिया कप – पहिलो जितको खोजीमा नेपाल

    हेरालाे खबर

     एजेन्सी , युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आइतवार(आज) दोस्रो खेल खेल्दैछ ।

    नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार बिहान १०ः४५ मा सुरु हुदैछ ।

    पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशलाई हराउँदै पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेश यस खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउँन चाहान्छ ।

    क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

    एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

    एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

    नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

    प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

    समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

    नेपाली युवा टोली – हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार ।



    Heralo Reporter Heralo Reporter    
  • १६ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP