logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पर्वतका पदमबहादुर मृत फेला

    पर्वतका पदमबहादुर मृत फेला

    पर्वत , हेरालाे खबर

    पर्वतको कुश्मा नगरपालिका वडा नं ४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मृत फेला परेका छन् ।

    उनी मोदी गाउँपालिका-३ देउरालीको घैटे जङ्गलमा आज बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी बाह्र दिनदेखि बेपत्ता थिए ।

    विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

    मोदी-१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए ।

    परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् ।

    मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • १९ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP