logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखरामा बर्षा जारी, काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

    • Heralo Reporter Heralo Reporter
    • २२ आश्विन २०८१ मंगलवार
    पोखरामा बर्षा जारी, काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

    काठमाडौँ, हेरालाे खबर

     यस वर्षको मनसुन काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।

    महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।

    हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

    यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत मधेस र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखराकाे केही भूभागमा मंगलबार राति बर्षा भइरहेको छ ।

    मंगलबार साँझ ७ बजेदेखि सुरु भएको वर्षा राति १० बजेसम्म निरन्तर भइरहेको छ । बर्षा मध्यम खालको भइरहेको छ ।

    मंगलबार कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कोशी र बागमती प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।

    नेपालको सुदूरपश्चिमलगायत कर्णालीका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

    यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २२ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP