हेरालो खबर
काठमाण्डौँ । मालदिभ्सको क्लब एचडिसीले सानदार कम ब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
पहिलो दुई सेट गुमाएको एचडिसीले दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३-२ ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा गण्डकी प्रदेश हारेको हो । गण्डकी प्रदेशले तीन जना भारतीय खेलाडी ल्याएता पनि उनीहरू बिचमा तालमेल भने मिलेको देखिएन र खेल घुमाए ।
च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता रहेको छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् ।
सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुने भने लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।
लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ। फाइनल मङ्सिर २९ गते हुनेछ।
प्रतिक्रिया