हेरालाे खबर
काठमाण्डौ , नेपाल भलिबल लिगको पुरुष फ्रेन्चाइज लिग ( एनभीएल) को लोगो र स्लोगन सार्वजनिक भएको छ । यस खेलको आयोजक केडिया ग्रुपले मंगलबार काठमाण्डौ एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र साथै केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।
केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने बताए ।
यस पुरुष भलिवलको फ्रेन्चाइज लिगकोलागि केडिया ग्रुप र नेपाल भलिवल संघ विच ७ वर्षकोला िसम्झौता भइसकेको थियो । यसै अनुसार नेपाल भलिवल संघलाई केडिया ग्रुपले प्रत्येक वर्ष रु ३५ पैतिस लाख रुपैया नेपाल भलिवल संघलाई उपलब्ध गराउने छ । यो खेल नेपालमा पहिलो पटक पुरुष प्रन्चाइज लिग हुनेछ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ
प्रतिक्रिया