logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकारहरू पुरस्कृत

    • heralokhabar heralokhabar
    • ११ पुष २०८१ बिहीबार
    तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकारहरू पुरस्कृत

     

    हेरालो खबर

    ११, पौष २०८१

     

    काठमाण्डौं । तमु (गुरुङ्ग) पत्रकारिता पुरस्कार – २०८१ बाट ६ जना पत्रकारहरू पुरस्कृत भएको छ। तमु (गुरुङ्ग) सञ्चारकर्मी संघ नेपालले २०७० साल देखि प्रदान गर्दै आएको तमु पत्रकारिता पुरस्कारबाट यस वर्ष पनि ६ जना पत्रकारहरूलाई पुरस्कृत गरेको हो ।

    संघको अध्यक्ष लाला गुरुङ्गको अध्यक्षतामा तथा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आथित्यतामा तमु बौद्ध सेवा समिति सभा हल अनामनगर, काठमाण्डौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ्ग न्युज डटकम वर्ष पुस्तक लोकार्पण कार्यक्रममा ६ जना तमु (गुरुङ्ग) पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

     

    पूर्व प्रधानसेनापति छत्रमानसिंह –कमला गुरुङ्ग पत्रकारिता पुरस्कारबाट इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन चितवनका सम्पादक देवराज गुरुङ्ग र देश सञ्चार काठमाण्डौंका फोटो पत्रकार वर्षा शाह पुरस्कृत भएका छन् । यस्तै, सुश्री भद्र कुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट दि काठमान्डु पोष्ट काठमाण्डौंका सम्बाददाता अपेक्षा गुरुङ्ग, तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट राज्य टेलिभिजन रुपन्देहीका समाचार बाचक तथा कार्यक्रम प्रस्तोता निरु गुरुङ्ग, आदिकवि हर्कबहादुर गुरुङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक प्रसारण केन्द्र पोखराका तमु भाषाको समाचार वाचक, समाचार सम्पादक तथा कार्यक्रम उत्पादक शिला गुरुङ्ग र लक्ष्मी गुरुङ्ग पत्रकारिता पुरस्कारबाट धौलागिरि खबर म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ्ग पुरस्कृत भएको तमु (गुरुङ्ग)  सञ्चारकर्मी संघका महासचिव चित्र सोल्टि गुरुङ्गले जानकारी दिए ।

     

    कार्यक्रममा संघका अध्यक्ष लाला गुरुङ्ग, नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, तमु ह्युल छोंज धींका महासचिव डम्बर गुरुङ्ग, फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईले मन्तव्य राखेका थिए ।

     

     



    heralokhabar heralokhabar    
  • ११ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP