हेरालाे खबर
लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ ।
इपिएलको २०२४/२५ संस्करणको आफ्नो पहिलो खेलमा लिभरपुलले इप्सविच टाउन फुटबल क्लबलाई २-० ले पराजित गरेको हो ।
इप्सविचको घरेलु मैदान भएको खेलमा लिभरपुलको जितका लागि डियगो जोटा र मोहम्मद सलाहले समान १ गोल गरे ।
लिभरपुलले ६० औं मिनेटमा जोटाले गोलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेट पछि सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए ।
प्रतिक्रिया