logo
  • २७ आश्विन २०८३, मंगलवार | Tue, 13 Oct 2026
  • किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

    • heralokhabar heralokhabar
    • ३१ श्रावण २०८३ आईतवार
    किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

    हेरालाे खबर

    काठमाडौं। किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सफलतापूर्वक सम्पन्न भएको छ। यससँगै प्रतियोगिताको समूह विभाजन तथा खेल संरचना सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै कुल २८ टोली सहभागी छन्।


    सहभागी टोलीहरूलाई ७ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहमा ४ टोली रहेका छन्। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनोट भएका टोलीहरू राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् र त्यसपछि नकआउट चरण हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। भाद्र १ गते देखि भाद्र ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५७ खेल खेलाइनेछन्।

    विश्वप्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पुर्जा निम्सदाइप्रति सम्मान यस संस्करणको प्रतियोगिताको नारा “गिभिङ अप ईज नट ईन माई ब्लड सर, ईट्स नट ईन दि ब्लड” (Giving Up Is Not In The Blood Sir. Its Not In The Blood) रहेको छ। उक्त नारा स्वर्गीय निम्सदाइ (निर्मल पुर्जा) प्रति सम्मान व्यक्त गर्दै समर्पित गरिएको हो। हार नमान्ने साहस, दृढ संकल्प र चुनौतीसँग जुध्ने भावनालाई प्रतियोगिताले आफ्नो मूल प्रेरणाका रूपमा लिएको छ।

    किंग्स टी–१० इन्डोर प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा मुआ थाई फाइटर रजिना बिष्ट रहेकी छन्। उनी थाइल्यान्डमै थाई महिला फाइटरलाई पराजित गर्ने पहिलो नेपाली महिला फाइटर हुन्। उनको साहस, संघर्ष, आत्मविश्वास र खेलप्रतिको समर्पणले प्रतियोगिताको भावना तथा उद्देश्यलाई थप प्रतिनिधित्व गर्ने आयोजकको विश्वास छ।

    विभिन्न क्षेत्रका टोलीहरूको सहभागितामार्फत क्रिकेटले मानिसहरूलाई एकआपसमा जोड्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतिस्पर्धासँगै आपसी सम्बन्ध, खेल भावना र क्रिकेट संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

    प्रतियोगिताका साझेदारहरू फुड एन्ड हाइड्रेसन पार्टनर ‘जोईज बर्गर’, बैंकिङ पार्टनर ‘महालक्ष्मी विकास बैंक लिमिटेड’, इन्टरटेनमेन्ट पार्टनर ‘द वोन्डरल्याण्ड’, एजुकेसन पार्टनर ‘फ्रा फ्राक्लिन एडुकेसन कन्सल्ट्यान्सी’, ट्राभल पार्टनर ‘पाङोलिन ट्राभल्स’, सपोर्टेड बाई पार्टनर लुम्बिनी विकास बैंक लिमिटेड रहेको छ।

    प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी टोली, प्रायोजक तथा साझेदार संस्था, सञ्चारकर्मी, खेलप्रेमी एवं शुभेच्छुकहरूप्रति आयोजकहरु किङ्स क्रिकेट एकाडेमी,रोयल स्पोर्ट्स पार्क र त्रिकल्प ईभेन्ट्सले धन्यवाद व्यक्त गरेको छ। प्रतियोगिताका संयोजक सिजन प्रसाईं तथा प्राविधिक प्रमुख रवीन्द्र गुप्ता रहेका छन्।

    टाइ–सिट ड्र तथा समूह विभाजन सम्पन्न भएसँगै २८ टोली, ७ समूह र कुल ५७ खेलसहित किंग्स टी–१० इन्डोर प्रतियोगिता पाँच दिनसम्म चल्ने रोमाञ्चक र प्रतिस्पर्धात्मक इन्डोर क्रिकेटका लागि पूर्ण रूपमा तयार भएको छ।



    heralokhabar heralokhabar    
  • ३१ श्रावण २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP