नवलपुर ,हेरालाे खबर
शिब न्याैपाने
नवलपरासी बर्दघाट सुस्ता पुर्व क्षेत्र न २ का माननीय बिष्णु कुमार कार्कीको विशेष पहलमा लामो समय देखि रोकिएको आलोक चक्रपथ अन्तरगतको काम सुरु हुन लागेको हो ।
जसका लागि प्रस्ताबित आलोक चक्रपथ(गिरुवारी- झ्यालबास- डन्डा -गोछडा- कोल्हुवा- चौराहा- पनौति- बसन्तपुर -गिरुवारी) ३८.४७४ कि.मी. खण्ड स्तरउन्नती गर्ने प्रयोजनको लागि तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन परिमार्जित हुने भएको छ ।
जसका निम्ति शहरी बिकाश मन्त्रालय स्थानिय पुर्वाधार शाखा अन्तरगतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (RCIP) अतिरिक्त लगानी (RCIP-AF)आयोजना समन्वय इकाई (PCU) ले आलोक चक्रपथ भित्र ४ ठाउँमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । यस अघि समग्र आलोक चक्रपथकै बाताबरणिय परिक्षण प्रतिबेदन तयार भए पनि काम सुरु हुन नसकेपछी सुरुवातमा डण्डा झ्यालबासको (८.६ किलोमीटरको) काम गर्नेगरी प्रतिवेदन र लागत अनुमान पुन अध्यावधिक गर्न लागिएको हो ।
डण्डा -झ्यालबास अन्तरगतको सडक कालोपत्र सुरु भएपछी चक्रपथको अन्य स्थानमा सडक कालोपत्रे गर्ने काम सुरु
हुनेछ । माननीय बिष्णु कुमार कार्किको नेतृत्वमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डे सहितको टोलिले आज आयोजना प्रमुख प्रेमदत्त भट्टलाई भेटेर सार्वजनिक सुनुवाई लगाएतका आवश्यक प्रक्रिया माघ महिना भित्रै सुरु गर्न निर्देशन दिनुभएको छ ।
डण्डा- झ्यालबास सडकको लागत अनुमान अध्यावधिक भएपछि सडक क्षेत्रमा पर्ने १४४ वटा साल लगायतका रुखको कटान प्रक्रिया सुरुवात हुनेछ ।।।
प्रतिक्रिया