logo
  • १३ माघ २०८२, मंगलवार | Tue, 27 Jan 2026
  • सराङकोट श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा उद्घाटन ः राष्ट्रपति रामचन्द्र पौडेल

    • Heralo Reporter Heralo Reporter
    • १२ फाल्गुन २०८१ सोमबार
    सराङकोट श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा उद्घाटन ः राष्ट्रपति रामचन्द्र पौडेल

    पाेखरा , हेरालाे खबर

    पोखराको धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा यस वर्ष गर्न लागिएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

    आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले महाउत्सवको तयारी अन्तिम चरणमा पुगेकोमा यही १४ फागुनमा पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिने आयोजकले जनाएको हो।
    समिति अध्यक्ष प्रेमबहादुर जिसीले महाउत्सवको तयारी तीब्र भइरहेको बताउँदै यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए।

    महाउत्सव अन्र्तगत शनिबारदेखि त्यहाँ प्राणप्रतिष्ठा भइरहेको छ।यहि १४ फागुनमा महायज्ञ सुरु गर्न लागिएकोमा सो दिन वगर गाईघाटदेखि कलश यात्रा शुभारम्भ गरिने छ ।उक्त कलश यात्रा विन्ध्यवासिनी मन्दिर हुँदै सेदीबाट अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुग्ने कार्यक्रम तय भएको छ ।उक्त दिन सराङकोट पुग्ने सबै भक्तजनलाई केवलबार तथा निःशुल्क बस उपलब्ध गराइने अध्यक्ष जिसीले जानकारी दिए ।

    महाउत्सव समग्र पोखराकै प्रतिष्ठासँग जोडिएको पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिम्सिनाले बताए ।हामी उत्सवको अन्तिम तयारीमा जुटेका छौँ ।उत्सवको पहिलो दिन १४ फागुनमा करिव ५ हजार पोखरेलीले सराङकोट क्षेत्रको अवलोकन गर्ने विश्वास छ उनले भने । ३५ वटा वस भक्तजन आवातजावतका लागि तयारी अवस्थामा छन् ।त्यस माथि अन्नपूर्ण केवलबार सिङगै र त्यस मातहातका सवारीहरु पनि छन् ।

    वडा भित्रका सम्पूर्ण टोलविकास संस्था, अन्य विभिन्न संघ संस्था, क्लव, आमा समूह सबैलाई तयारी अवस्थामा राखिएको छ ।सरोकारवाला सबैलाई पत्राचार भइसकेको छ, वडावासीहरु कहिले महाउत्सव सुरु होला भनेर बेग्र प्रतीक्षामा बसिरहनुभएको छ, त्यसकारण महाउत्सव सफल हुन्छ अध्यक्ष तिमिल्सीनाले भने।पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङखला अवलोकनका लागि सराङकोट पुग्नैपर्ने हुन्छ।

    सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।

    वडावासीहरु कहिले महाउत्सव सुरु होला भनेर बेग्र प्रतीक्षामा बसिरहनुभएको छ, त्यसकारण महाउत्सव सफल हुन्छ अध्यक्ष तिमिल्सीनाले भने।पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङखला अवलोकनका लागि सराङकोट पुग्नैपर्ने हुन्छ।

    सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।

    महाउत्सव अन्र्तगत सराङकोटमा १४ देखि २१ फागुनसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ हुँदैछ ।जसमा भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन् ।त्यस अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृतन गरिनेछ ।

    यज्ञसँगै धार्मिक तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
    सराङकोटमा हालसम्म निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप योजना सम्पन्न गर्न यज्ञ फलदायी हुने प्रचार संयोजक कृष्ण थापाले जानकारी दिए।

    सराङकोटमा सडकमार्ग अलवा केवलकारमार्फत पनि पुग्न सकिन्छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १२ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP