हेरालो खबर, फाल्गुण ४, पोखरा, एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले कास्कीको पोखरामा अवस्थित शिवशक्ति माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई केन्द्रीत गरि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । Global Money Week २०२६ को अबसरमा वित्तीय संस्थाको पोखरा प्रादेशिक कार्यालयले बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयका करिव १ सय जना विद्याथीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा वित्तीय संस्थाका बचत तथा केन्द्र ब्यवस्थापन विभागका विभागीय प्रमुख कृष्ण नेपालले कर्जाको सदुपयोगीता, बचतको महत्व, आम्दानी खर्चको बजेट निर्माण, डिजिटल बैकिंगको प्रयोग, शेयर कारोवार सम्वन्धी जानकारी लागएतका वित्तीय बिषयहरुमा सहजिकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पोखरा प्रादेशिक कार्यलयका प्रादेशिक प्रमुख रामचन्द्र पौडेल, क्षेत्रीय प्रबन्धक मनोज कुमार घर्ती, शाखा प्रबन्धक गंगा भण्डारी, कर्मचारी देबि कुमारी पौडेल र सिता देबी कार्की तथा विद्यालका शिक्षक तथा कर्मचारीहरुको सहभागाीता रहेको थियो ।
बश्वभरी मनाइने ग्लोबल मनी विक कार्यक्रमलाई नेपालमा नेपाल राष्ट्र बैंकको समन्वयमा सन् २०१२ देखी हरेक बर्ष मार्च महिनामा बिभिन्न वित्तीय संस्थाहरुले मनाउदै आएका छन् । युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनुका साथै युवाको वित्तीय ज्ञान र सीपलाई व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गरी आर्थिक सम्वृद्धिमा सघाउ पुयाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
प्रतिक्रिया