logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एनएमबि लघुवित्तले देशैभर बिभिन्न सामाजिक कार्य गरी मनायो १३औँ बार्षिकोत्सव

    • heralokhabar heralokhabar
    • २ चैत्र २०८२ सोमबार
    एनएमबि लघुवित्तले देशैभर बिभिन्न सामाजिक कार्य गरी मनायो १३औँ बार्षिकोत्सव

    हेरालो खबर, चैत्र २, पोखरा । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय पोखरा २५ हेम्जाले आफ्नो १३औं वार्षिक उत्सव देशभरी बिभिन्न सामाजिक कार्यक्रम गरी मनाएको छ । १३औ वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिएको संस्थाका सिपीएफ सीएसआर विभागका विभागीय प्रमुख प्रदिप प्रसाद पौडेलले जानकारी दिनुभयो ।
    सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड पोखराको हेम्जामै जन्म भई देशभर वित्तीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको हुनाले यस क्षेत्रलाई आफ्नो वार्षिक उत्सवको अवसरमा सहयोग हस्तान्तरण कार्यक्रमको लागि छनोट गरेको बताउनुभयो । उहाँले कुनै पनि संस्था समाजमा नै जन्मेर समाजमा नै हुर्कने हुँदा ती संस्थाहरूको समाजप्रतिको दायित्व स्वतः रहने साथै, नियमनकारी निकायले आफ्नो मातहतका संस्थाहरूलाई सामाजिक क्षेत्रमा कार्य गर्न उत्प्रेरित गरिरहेको हुँदा पनि विभिन्न संस्थाहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेको बताउनुभयो । मानव सेवा आश्रम पोखराले गरेको काम प्रशंसायोग्य रहेको बताउँदै उहाँले आगामी दिनमा पनि आफ्नो संस्थाले यस्ता कार्यक्रमहरुमा निरन्तर रुपमा सहकार्य गर्दै जाने बिषयमा जोड दिनुभयो ।


    २०६९ साल चैत १ गते पोखरामा केन्द्रीय कार्यालय स्थापना गरि सुरु भएको संस्थाले हाल ६७ जिल्लाका १४८ शाखा मार्फत करिव १ लाख ५० हजार विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका महिलाहरूमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कृषि तथा साना उद्योग मार्फत उनिहरुको सामाजिक तथा आर्थिक स्थिती सुधार गर्नका लागि संस्थाले बिना ब्याज ऋण प्रदान गरी कार्य गरि रहेको संस्थाका प्रवन्धक राम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    संस्थाले आफ्नो १३ औँ वार्षिक उत्सवको अवसरमा पोखरा लगायत आफ्ना सातवटै प्रदेश कार्यालयहरू मार्फत विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको संस्थाका सामान्य सेवा विभागका प्रमुख आनन्दराज पौडेलले जानकारी दिनुभयो ।

    इटहरी प्रादेशिक कार्यालय अन्र्तगत सुनसरीको पञ्चायत माविलाई प्रिन्टर सहयोग

    बार्षिक उत्सवकै अवसरमा एनएमबी लघुवित्तले १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई एक थान रङ्गिन प्रिन्टर सहयोग गरेको छ ।

    प्रादेशिक कार्यालय इटहरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमार्फत विद्यालयलाई रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको हो। समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयलाई आवश्यक सामग्री सहयोग गरिएको जनाइएको छ ।
    संस्थाले यस्ता कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समाजप्रति आफ्नो उत्तरदायी भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ।
    एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय पोखरा ८ न्यूरोड, कास्की रहेको छ। संस्थाको स्थापना दिवसको अवसरमा प्रादेशिक कार्यालय इटहरीमार्फत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई एक थान रङ्गिन प्रिन्टर सहयोग गरिएको संस्थाका प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिए।
    प्रिन्टर हस्तान्तरण कार्यक्रममा संस्थाका प्रदेश प्रमुख सुरेश कार्की, क्षेत्रीय प्रमुख तीर्थराज राई, लबीपुर शाखा प्रमुख धिरज कुमार झा, पुष्पलालचोक शाखा प्रमुख लालचन चौधरी, औराबनी शाखा प्रमुख मोहम्मद अफताब साथै संस्थाका कर्मचारीहरू रमेश खड्का, बिर्जेश कुमार माझी र महिमा चौधरीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा विद्यालयका सम्पूर्ण कर्मचारी, प्रधानाध्यापक दीप नारायण चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव नारायण चौधरीको रोहवरमा आइतबार एक थान रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिए।
    मानव सेवा आश्रम पोखराले हेम्जा र छोरेपाटनमा परिवारविहीन व्यक्तिहरूका लागि आश्रम सञ्चालन गरेको छ । हेम्जामा सञ्चालित आश्रममा करिब १७० जना पुरुष व्यक्तिहरु आश्रित रहेका छन् । सो आश्रममा उनीहरूको लागि आवास, खाद्यान्न, स्वास्थ्य सेवा लगायतको सुविधाहरु संस्थाले प्रदान गर्दै आइरहेको छ ।

    बर्दिबास प्रादेशिक कार्यालय अन्र्तगत ईलाका प्रहरी कार्यालय ढल्केवरलाई फर्निचर सहयोग

    एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित ईलाका प्रहरी कार्यालयलाई फर्निचर सहयोग गरेको छ ।
    प्रादेशिक कार्यालय बर्दिवासको आयोजनामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण के.सी.लाई संस्थाका प्रादेशिक प्रमुख नविन खतिवडाले फर्निचरका सामग्री हस्तान्तरण गरेका हुन् । सहयोगस्वरूप १ थान कार्यालय टेबल र २ थान टी–टेबल प्रदान गरिएको थियो ।

    समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रहरी कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराइएको जनाइएको छ । संस्थाले यस्ता कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समाजप्रति आफ्नो उत्तरदायी भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ ।
    स्थापना दिवसको अवसर पारेर प्रादेशिक कार्यालय बर्दिवासमार्फत धनुषा जिल्लाको मिथिला नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालयलाई फर्निचर सहयोग गरिएको प्रादेशिक प्रमुख नविन खतिवडाले जानकारी दिए।

    फर्निचर हस्तान्तरण कार्यक्रममा संस्थाका प्रादेशिक प्रमुख नविन खतिवडा, क्षेत्रीय प्रमुख शिवकुमार साह कानु, ढल्केवर शाखा प्रमुख सरोजकुमार दास, गौरिडाँडा शाखा प्रमुख प्रदीपकुमार श्रेष्ठ तथा कर्मचारीहरू राकेश कुमार सहनी, सुरज कुमार कुर्मी, छविलाल साह, सन्तोष कुमार रजक, यमलाल विश्वकर्मा र रामरतन साह रौनियारको उपस्थिति रहेको थियो ।
    त्यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण के.सी., प्रहरी नायव निरीक्षक जयप्रसाद नेपाल र उज्वल अधिकारी, प्रहरी सहायक निरीक्षक अशोक पौडेल तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। आइतबार आयोजित कार्यक्रममा उक्त फर्निचर सामग्री हस्तान्तरण गरिएको प्रादेशिक प्रमुख खतिवडाले बताए ।

    धुलिखेल प्रादेशिक अन्र्तगत पनौतीमा खाद्यान्न तथा शैक्षिक समाग्री वितरण

    एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ बर्ष प्रवेशको अवसरमा खाद्यान्न तथा शैक्षिक समाग्री वितरण गरेको छ ।
    संस्थाको १३ बर्ष पुगेर १४ बर्ष प्रवेशको अवसरमा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पनौती ५ मा रहेको रुी महर्षी मुद्गल सान्दिपनी गुरुकुलमा खाद्यान्न तथा शैक्षिक समाग्री वितरण गरिएको हो ।

    आइतबार लघुवित्तले गुरुकुलमा चामल, दाल, चिनी, तेल, चिउरा, आलु, आटा तथा स्टेस्नरी समाग्री वितरण भएको थियो ।

    वितरण कार्यक्रममा लघुवित्तका बागमती प्रदेश प्रमुख बलराम खड्का, क्षेत्रीय प्रवन्धक स्टेशन भक्तपुरका दुर्गा प्रसाद यादव, धुलिखेल शाखाका प्रमुख प्रदिप केसी तथा कर्मचारीहरु शर्मिला खड्का र विपिनकुमार झा सहभागि भएका थिए ।

    पोखरा प्रादेशिक कार्यालय अन्र्तगत हेम्जाको बिष्णुपादुका माविमा प्रिन्टर सहयोग

    एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको हेम्जामा अबस्थित श्री बिष्णुपादुका माध्यामिक बिद्यालयमा १ थान प्रिन्टर बितरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संस्थाको १३औ बर्ष पुरा गरी १४औ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा पोखरा स्थित पोखरा प्रादेशिक कार्यालय मार्फत उक्त सहयोग गरिएको हो ।
    विद्यालयको प्रशासनिक कार्यामा सहज होस् भन्ने उद्देश्यले एक थान प्रिन्टर सहयोग गरिएको पोखरा प्रादेशिक कार्यालयका प्रदेश प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यस संस्थाको आफ्नो वित्तीय सेवासँगै धार्मिक, सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।

    प्रिन्टर बितरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का, शाखा सञ्चालन तथा सामान्य सेवा बिभाग प्रमुख आनन्दराज पौडेल, सिपिएफ सिएसआर बिभागबाट बिभाग प्रमुख प्रदिप प्रसाद पौडेल, पोखरा प्रादेशिक कार्यलयका प्रादेशिक प्रमुख रामचन्द्र पौडेल, क्षेत्रीय प्रबन्धक मनोज कुमार घर्ती मगर, हेमजा शाखाका शाखा प्रमुख बासुदेब मरष्ठाको उपस्थिति रहेको थियो। त्यस्तै बिधालयको तर्फबाट प्रध्यानध्यापक दिपक पौडेल, सहायक प्रधानाध्यापक गणेश थापा, व्यवस्थापन समितिका सदस्य तिलक प्रसाद तिमिल्सिना, शिक्षक प्रतिनिधि बाबुराम बास्तोला, शिक्षक खेम दाहाल र बाबुराम बास्तोलाको उपस्थिती रहेको थियो ।

    सिदार्थनगर प्रादेशिक अन्र्तगत रुपन्देहीको सूर्यपूरा माविमा शैक्षिक सामग्राी वितरण

    एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औँ वर्ष सफलतापूर्वक पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शाखा कार्यालय सूर्यपुराको आयोजनामा श्री सूर्यपुरा माध्यमिक विद्यालय सूर्यपुरा, रुपन्देहीमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

    कार्यक्रममा संस्थाको तर्फबाट प्रादेशिक प्रमुख श्री अभिषेक गौतम, अनुगमन अधिकृत श्री बेद प्रसाद बेल्बासे र सूर्यपुरा शाखाको सबै कर्मचारीहरु तथा स्कूलकोे प्रधानाध्यापक श्री रामजी आचार्य, ब्यवस्थापन समिति अध्यक्ष श्री वीरेन्द्र यादव तथा अन्य शिक्षकहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ३० जना बिद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

    कर्णाली प्रादेशिक कार्यालय अन्र्तगत चौरजहारी खोलागाँउको हिमालय माविमा शैक्षिक सामग्री वितरण

    एनएमबि लघुवित्त वित्तीय संस्था १३औं वर्ष पार गरेर १४औं वर्षमा प्रवेश गरेको अवसरमा चौरजहारी नगरपालिकको वडा नं ११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाको प्रादेशिक कार्यालय कर्णाली मार्फत शैक्षिक सामाग्री वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगर्त चौरजहारी नगरपालिकको वडा नं–११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार २० जना छात्र, छात्रालाई झोला, कापी , ड्टपेन र पेन्सिल लगाएतका सामग्री वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

    कार्यक्रममा वित्तिय संस्थाको क्षेत्रिय प्रवन्धक वेग बहादुर वलीले विद्याथीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने उद्देश्यले शैक्षिक सामाग्री विवरण गरिएको संस्थाका कर्णाली प्रादेशिक कार्यालयका क्षेत्रिय प्रवन्धक वेग बहादुर वलीले जानकारी दिए । ‘गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताव बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीलाई टरेको छ । अव यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ क्षेत्रिय प्रवन्धक वलीले भने ।’
    सोही अवसरमा चौरजहारी नगरपालिका वडा न ११ का वडा अध्यक्ष श्री तुल्से ओलीले ‘हातमा कपि किताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफुलाई खुशी लागेको बताए । हाल सामुदायिक विद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचिलाई पनि यस किसिमको सहयोगबाट विद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक विद्यालय प्रति आर्कषण बढ्ने उहाँको भनाई थियो ।
    शैक्षिक साम्रागी पाएपछि विद्यार्थीहरुको पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक भिम बहादुर वलीले बताउनुभयो । उहाँले संस्थाको वार्षिक उत्सवको शुभकामना व्यक्त गदै उक्त सहयोगका लागि वित्तिय संस्थालाई धन्यवाद दिनुभयो साथै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो । शैक्षिक साम्रागी विवरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावकहरुको समेतको उपस्थिति रहेको थियो भने खोलागाँउ शाखाका शाखा प्रमुख दान बहादुर खत्री ,चौरजहारी शाखाका शाखा प्रमुख टिकाराम परियार खोलागाँउ शाखाका कर्मचारी मनिसा के।सी र होमराज बलामी मगरको उपस्थिति रहेको थियो ।

    धनगढी प्रादेशिक कार्यालय अन्र्तगत कैलालीको बर्दगोरिया सहारा घरलाई खाद्य सामग्री सहयोग

    एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडल अत्तरिया– कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिको छ । संस्थाको धनगढी प्रादेशिक कार्यालय मार्फत सो खाद्यान्न सहारा घरलाई सहयोग गरिएको हो ।
    वित्तीय संस्था १३ वर्ष पुरा गरी १४ वर्ष लागेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको संस्थाका धनगढी प्रादेशीक कार्यालयका क्षेत्रिय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो ।

    आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको उनको भनाई थियो । आफूहरूले सहारा घरमा पुगेर खाद्यान्न वितरण गर्न पाउँदा निकै खुसी लागेको क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए ।
    कार्यक्रममा बोल्दै बर्दगोरिया – २ का वडाध्यक्ष गोबिन्द बहादुर वि.क. ले दिन दुखी र असहायलाई सहयोग गर्नु मानवीय कार्य भएको बताए । सहारा घर सञ्चालन गर्नु आफैमा एकदमै सह्रानीय र राम्रो भएको बताउँदै उनले असहाय असक्तहरूको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु चुनौती पूर्ण कुरा रहेको बताए ।
    असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई लघुवित्तले गरेको सहयोगका लागि सहारा घरका सञ्चालक बल बहादुर विष्टले धन्यवाद ज्ञापन गरे । उनले घरपरिवारबाट अपहेलित, असहाय, घर परिवार विहीन तथा अपहेलनामा परेका सहारा विहीनहरूलाई सहारा दिइरहेको उनले बताए । कार्यक्रममा साडेपानी शाखाका शाखा प्रमुख महेश भट्ट, गोदावारी शाखाका शाखा प्रमुख मनिषा कुमारी चन्द, धनगडी शाखाका शाखा प्रमुख दुर्गा भट्ट, जोशीपुर शाखाका शाखा प्रमुख हेमा चौधरी, कर्मचारी आर्यन ताम्राकार, देवकी जोशी, कमल बहादुर धामी र सुनिल पाण्डेयकोे सहभागिता रहेको थियो । अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका सो घरले धेरै जनालाई परिवार मिलान गराई घर फर्काइसकेको छ ।

     



    heralokhabar heralokhabar    
  • २ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP