logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • चेन्नईविरुद्ध दिल्लीको बलियो योगफल

    चेन्नईविरुद्ध दिल्लीको बलियो योगफल

    हेरालाे खबर

    एजेन्सी इण्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध १ सय ८३ रनको बलियो योगफल तयार गरेको छ ।

    चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गर्यो ।

    दिल्लीका लागि ओपनर केएल राहुलले ५१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेले । दिल्लीले रनको खाता नखोल्दै पहिलो ओभरमा नै ओपनर जेक फ्रेजर मगर्कलाई गुमाएको थियो । दोस्रो विकेटका लागि राहुल र अभिषेक पोरेलले ५४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

    पोरेलले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा ३३ रन जोडे । तेस्रो विकेटका लागि कप्तान अक्षर पटेलले राहुलसँग मिलेर ३६ रन जोडे । कप्तान पटेल १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रनमा आउट भए ।

    चौथो विकेटका लागि समिर रिज्भीले राहुलसँग मिलेर ५६ रनको साझेदारी गरे । रिज्भीले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । पाँचौ विकेटका लागि ट्रिस्टन स्टब्सले राहुलसँग मिलेर ३३ रनको साझेदारी गरे । स्टब्स १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमा अविजित रहे ।

    चेन्नईका लागि खलिल अहमदले २ तथा मथिशा पथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान १ विकेट आफ्नो नाममा गरे । दिल्ली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।

    दिल्लीले २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । उता, चौथो खेल खेल्दै गरेको ५ पटकको च्याम्पियन चेन्नई भने दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

    त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो । ३ खेलमा २ अंकका साथ चेन्नई तालिकाको आठौं स्थानमा छ ।

    दिल्ली र चेन्नई हालसम्म आइपिएलमा ३० पटक आमने सामने भएका छन् । जसमा १९ खेलमा चेन्नई विजयी हुँदा ११ खेल दिल्लीले जितेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २३ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP