logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

    सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

    पोखरा , हेरालाे खबर

    सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

    पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गरे ।

    शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने परियारले बताउनुभयो । सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहजहोस् भनेर शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

    वार्षिक कार्ययोजना अनुसार तालिका बनाएर देशभर नै घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए। शिविरमा ६ जना कर्मचारीले सेवा दिएका छन् । कास्कीसहित स्याङ्जा, मुस्ताङका सञ्चारकर्मीले पनि शिविरबाट सेवा लिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले बताए ।

     



    Heralo Reporter Heralo Reporter    
  • २४ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP