logo
  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

    • Heralo Reporter Heralo Reporter
    • १३ मंसिर २०८१ बिहीबार
    आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

    तनहुँ  हेरालाे खबर

    तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना भएको छ ।

    अस्पतालमा उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

    आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले आकस्मिक रक्तसञ्चार केन्द्र शुभारम्भ गरे ।

    सो अवसरमा अध्यक्ष चुमानले रक्तसञ्चार स्थापना भएसँगै रगत आवश्यक पर्ने बिरामीलाई यहीँबाट रगत उपलब्ध हुने बताए ।

    अबका दिनमा यस क्षेत्र वरपर दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने उनले बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम तमुलगायत सहभागी थिए ।



    Heralo Reporter Heralo Reporter    
  • १३ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP