Tuesday 19th March 2024
प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ
वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ
२०७६ जेठ १६, विहिबार
धादिङ, धादिङ को उत्तरी भागमा पर्ने रुवी भ्याली गाउँपालिकामा पर्ने तातोपानी एक प्रसिद्ध धर्मिक स्थलको रुपमा मान्न लिने गरिन्छ । गणेश हिमालको समिप्यतमा रहेको आँखु खोलाको किनारमा रहेकाो प्रकृतिक रुपमा तातो रहेको तातो पनिमा नुहाउने र बाफ लिनेको भक्त जनहरुको घुईचो लाग्ने गरेको देखिन्छ ।
तातोपानीमा नुहाउनको लागि अन्तक तथा बह्य पर्यटकहरुको भिड लाग्ने गरेको देखिन्ट । तातोपानीमा नुहाउनको लागि काठमाडौंबाट दुई तीन दिनको पैदल यात्रा गरि पुगेको स्थान भएपनि प्रचार प्रसारको कमीले गर्दा अलि ओझेलमा रहेको देखिन्छ ।
धर्मिक तथा विभिन्न रोगको निको हुने जनविश्वस रहेको तातो पानीको संरक्षणको स्थानीय सरकार र उचित ब्यवस्थपन नभएको कारणले गर्दा लथालिङ्ग देखिन्छ । तातोपानी आसपासमा व्यवस्थापन गरि बस्ने र नुहाउने ठाँउ, बाफ लिने र नुहाउने धारा र पोखरीलाई राम्रो र साफा तरिकाले व्यवस्थापन गरिएमा तातोपानीमा आउने तिर्थयात्रीहरुलाई सुविधाजनक हुने देखिन्छ ।
यस्तो धर्मिक तथा दुर्लभ क्षेत्रहरुमा राज्यको ध्यान जान जरुरत छ । उचित ब्यवस्थपन तथा संरक्षण गरि प्रचार र प्रसार गर्न सकेको खण्डमा स्थानिय जनताको आर्थिक बृद्धि हुनुका साथै समृद्धि र विकासमा केही सहयोग मिल्ने थियो कि, यसार्थ सम्बन्धीत सरोकार निकायको ध्यायन जान जरुरी छ ।
हेरालो नेटवर्क प्रलिका सञ्चलक तथा सहसम्पदन वेद बहादुर गुरुङ (विवेक)ले स्थलगत रुपमा लिएको फोटोहरु