logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • आज गण्डकीसहित सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो अझै बढ्ने

    आज गण्डकीसहित सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो अझै बढ्ने

    पाेखरा,हेेरालाे खबर

    पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उक्त मौसम प्रणालीको असरले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना छ ।

    वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेकाे छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताइन्छ।



    Heralo Reporter Heralo Reporter    
  • १३ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP