logo
  • १७ मंसिर २०८२, मंगलवार | Tue, 02 Dec 2025
  • पोखरा जेसीजको स्वर्णजयन्ती समापन समारोह सम्पन्न

    पोखरा जेसीजको स्वर्णजयन्ती समापन समारोह सम्पन्न

    पाेखरा , हेरालाे खबर

    पोखरा जेसीजको स्वर्णजयन्ती समापन समारोह र गाला डिनर कार्यत्रम शुक्रवार सम्पन्न भएको छ । कार्यत्रममा स्वागत मन्तब्य पोखरा जेसीज बर्ष २०१० का अध्यक्ष पशुपाती शर्माले राखेका थिए । कार्यक्रममा पोखरा जेसीजको गौरबमय ५० औँ बर्ष पुरा गरेको अबसरमा सम्पुर्ण पुर्ब अध्यक्षबाट सामुहिक रुपमा स्वर्ण जयन्ती बिषेश स्मारिका बिमोचन गरिएको थियो ।

    कार्यक्रमा बर्ष १९८० का अध्यक्ष हरिकृष्ण बास्तोला, बर्ष २०११ का अध्यक्ष सिनेटर रबिन्द्र गुरुङ र बर्ष १९९१ का अध्यक्ष बसन्त उदासले आफ्नो भनाई राखेका थिए । समापन समारोह संयोजक बर्ष २०१४ का अध्यक्ष सिनेटर तिलकराम पौडेलले गरेका थिए ।

    समापन समारोह पछि सेम्पेन सेलिब्रेट गरी औपचारीक रुपमा गाला डिनर सामुहिक रुपमा सेलिब्रेट गरी साङगेतिक कार्यक्रमा सहभागिता सहित गाला डिनर संचालन भएको थियो । कार्यक्रम पोखराको पर्यटकीय शहर लेकसाईड स्थित होटल पौवामा भएको थियो ।

    कार्यक्रममा पोखरा जेसीजका पुर्ब अध्यक्षहरू, बोर्ड पदाधिकारि, साधारण सदस्य, अस्थाई सदस्य ,छिमेकि शाखाका अध्यक्षहरुको उपस्थितिमा भब्य समारोहका साथ कार्यत्रम भव्य सम्पन्न भएको स्वर्णजयन्ती समारोह संयोजक सिनेटर सुवास सिग्देलले जानकारी गराए । कार्यक्रममा पोखरा जेसीजका पुर्ब अध्यक्षहरू, बोर्ड पदाधिकारी,साधारण सदस्य, अस्थाई सदस्य ,छिमेकि शाखाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रम जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रम संचालन पोखरा जेसीज बर्ष २०२५ का महासचिव जेसी रबिन पौडेलले संचालन गरेका थिए ।

    Go back

    Your message has been sent

    Warning
    Warning
    Warning
    Warning

    Warning.



    Heralo Reporter Heralo Reporter    
  • ३१ चैत्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP