logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे घाइते

    • heralokhabar heralokhabar
    • १९ बैशाख २०८२ शुक्रबार
    बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे घाइते

    काठमाडौं। बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे घाइते भएका छन्।

    च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानविरुद्ध खेल्दा उनले बायाँ खुट्टाको ‘ह्याम्स्ट्रिङ’ चोट बोकेका हुन्। योसँगै उनी अर्को साता हुने दोस्रो लेगमा नखेल्ने सम्भावना उच्च देखिन्छ।

    बार्सिलोनाले बिहीबार एक विज्ञप्तिमार्फत  फ्रेन्च राष्ट्रिय टोलीका सदस्य काउन्डेलाई ‘डिस्टल ह्याम्स्ट्रिङ’ चोट लागेको जानकारी दिएको हो। उनको फर्किने समय निर्धारण नभएको बताएको छ।

    ‘उनको रिकभरीको अवस्था हेरेर मात्र  टोलीमा फर्किने समय थाहा हुनेछ,’ पाँचपटकको च्याम्पियन्स लिग विजेता क्लबले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

    ‘डिस्टल ह्याम्स्ट्रिङ’ चोट निको हुन सामान्यतः दुई साता लाग्न सक्छ। बार्सिलोनाले अर्को मंगलबार इन्टरविरुद्ध दोस्रो लेग खेल्दैछ र लिगा उपाधिका लागि पनि संघर्षरत छ। मे ११ मा साबिक विजेता रियल मड्रिडविरुद्ध घरेलु मैदानमा हुने खेल उपाधि दौडमा निर्णायक बन्न सक्नेछ।

    गत शनिबार कोपा डेल रे फाइनलमा रियलविरुद्ध उनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए। उनले यो सिजन चार गोल गरिसकेका छन्।



    heralokhabar heralokhabar    
  • १९ बैशाख २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP