logo
  • १६ बैशाख २०८३, बुधबार | Wed, 29 Apr 2026
  • बार्सिलोनाले एल क्लासिकोमा रियल मड्रिडलाई पराजित

    • heralokhabar heralokhabar
    • २८ बैशाख २०८२ आईतवार
    बार्सिलोनाले एल क्लासिकोमा रियल मड्रिडलाई पराजित

    काठमाडौं। राफिन्हाको दुई गोलसँगै बार्सिलोनाले एल क्लासिकोमा रियल मड्रिडलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा बार्सिलोनाले ४–३ को रोमाञ्चक जित हात पारेको हो।

    जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक पुर्‍याएको छ। यो भनेको दोस्रो स्थानको रियलभन्दा ७ अंक बढी हो। रियलको भने समान खेलबाट ७५ अंक छ।

    अब यी दुई टोलीले लिगमा समान तीन खेल खेल्न बाँकी छ। यीमध्ये एक खेल जिते पनि बार्सिलोनाले उपाधि आफ्नो पोल्टामा पार्नेछ।

    रियलका केलिन एमबाप्पेले गरेको ह्याट्रिक भने खेर गएको छ। योसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि सम्भावना बलियो बनाएको छ।



    heralokhabar heralokhabar    
  • २८ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP