Monday 6th May 2024

पाहुना बोलाउन जाँदै गण्डकी सरकार

September 25, 2019 4:55 pm,

हेरालो खबर, ७ आश्विन २०७६, मंगलवार

यतिबेला प्रदेश सरकारदेखि सङ्घीय सरकार पर्यटन प्रवद्र्धनको गतिविधिलाई बढी जोड दिइरहेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ भने सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर विभिन्न कार्यक्रम अघि सारेको छ ।

प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष सकिन अब झण्डै तीन महिना बाँकी रहँदा ‘पर्यटन र रोजगारी ः भविष्यमा सबैलाई लाभकारी’को नारासहित पर्यटन प्रवद्र्धन अभियान २०१९ लिएर चार प्रदेशमा जाँदैछ । प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष सफल बनाउन यही असोज ९ देखि १६ गतेसम्म देशका विभिन्न भागमा प्रवद्र्धनात्मक अभियानमा जान लागेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख किर्तनराज पौडेलले जानकारी दिनुभयो । भ्रमण वर्षको अन्त्यतिरको प्रवद्र्धनात्मक अभियानले २०२२ सम्मको लक्ष्यसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले यो समयमा पनि धेरै काम गरेका छौँ । निरन्तर पर्यटन प्रवद्र्र्धनका लागि आन्तरिकदेखि बाह्य गतिविधिमा जोड दिँदै अहिले प्रवद्र्धनात्मक भ्रमणमा जान लागेका हौँ । यसले पर्यटन प्रवद्र्धनमा पक्कै पनि सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।”

यस अभियानले संयुक्त राष्ट्र सङ्घको सन् २०१५ मा सम्पन्न राष्ट्रसङ्घीय सभाले पारित गरेको दिगो विकास लक्ष्यको लक्ष्य नं ८ बाट निर्देशित आर्थिक विकास र रोजगारसित सम्बन्धित लक्ष्यलाई पछ्याएको पौडेलले बताउनुभयो । प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले प्रवद्र्धनात्मक कार्यक्रम केही ढिला भए पनि यसको उद्देश्य २०२२ सम्मको रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ यो अभियानले सन् २०१९ लाई मात्र नभई प्रदेश सरकारकै कार्यक्रम सन् २०२० मा छिमेकी मुलुक पर्यटक वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तरराष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने गरी घोषणा गरेकाले यो अभियानको लक्ष्य २०२२ सम्म रहेको छ ।”

असोज ९ गतेको यात्रा प्रदेश ५ बाट शुरु हुने बताइएको छ । प्रदेश ५ को बुटवल, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंँमा पर्यटनसम्बन्धी विशेष कार्यक्रम गरेर गण्डकी प्रदेश घुम्न निम्ता दिइने उहाँको भनाइ छ । अभियानका क्रममा पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंँडा, धनुषाको जनकपुर, सुनसरीको धरान र झापाको बिर्तामोडमा पनि कार्यक्रम गरिने मन्त्री लम्सालले बताउनुभयो । गण्डकी प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शनी, यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रममार्फत पनि सन्देश पु¥याइने मन्त्री लम्सालले बताउनुभयो । पत्रकार सम्मेलन गरेर सञ्चारमाध्यमबाट समेत यसको प्रचारमा जोड दिइने उहाँको भनाइ छ । प्रवद्र्धन अभियानका क्रममा प्रदेशका मुख्यमन्त्रीलाई गण्डकी प्रदेश घुम्न विशेष आग्रह गरिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउन पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि साथ दिएका छन् । आन्तरिक पर्यटन वर्ष मनाइरहँदा बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउने मन्त्री लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिभिलेज कार्डमार्फत पोखरा आउने पर्यटकले विभिन्न छुट पाउने छन् । होटलमा १५, रेष्टुरेण्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट दिइनेछ । पर्यटन विकासमा देखिएका कमजोरीलाई विस्तारै सुधार गर्दै पर्यटनबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने योजना रहेको उहाँले बताउनुभयो । भ्रमण वर्षको अर्थ र महत्वलाई उजागार गर्ने प्रिभिलेज कार्डले विशेष अर्थ राख्ने भन्दै पछिल्लो समय १० प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको जिकिरसमेत उहाँले गर्नुभयो । सरकारले भ्रमण वर्षका लागि चालु आर्थिक वर्षमा रु ३६ लाख बजेट विनियोजन गरेको पनि मन्त्री लम्सालले जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेश सरकारले निजी क्षेत्रसँग समयमै सहकार्य समन्वय नगर्दा प्रभावकारी कार्यक्रम हुन नसकेको बताउनुभयो ।

अन्तिम अवस्थामा आएर प्रदेश सरकारले देखाएको तदारुकतालाई पनि पर्यटन व्यवसायीले सकारात्मक रुपमा लिएर साथ दिएको उहाँको भनाइ छ । “ढिलै भए पनि प्रदेश सरकारले प्रवद्र्धनात्मक अभियान शुरु गर्दैछ, यसलाई हामीले सकारात्मक रुपमा लिँदै पूर्ण रुपमा साथ दिएका छौँ ।” आन्तरिक भ्रमण वर्षको प्रचारप्रसार गर्नका लागि प्रवद्र्धनात्मक अभियानमा पर्यटनमन्त्री, प्रदेशसभा सदस्य, पर्यटन व्यवसायी, कलाकार, पत्रकार र गैरसरकारी संस्थाबाट ५० बढीको सहभागिता रहने पर्यटन वर्ष २०१९–२२ कार्यक्रम संयोजक जुद्धबहादुर गुरुङले जानकारी दिनुभयो ।




तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal