logo
  • १ कार्तिक २०८२, शुक्रबार | Fri, 17 Oct 2025
  • नेतृत्व र सामाजिक उत्तरदायित्वमा जोड दिँदै इन्साइट र राजधानी क्याम्पसले गरे नवविद्यार्थीको स्वागत

    • heralokhabar heralokhabar
    • १६ श्रावण २०८२ बिहीबार
    नेतृत्व र सामाजिक उत्तरदायित्वमा जोड दिँदै इन्साइट र राजधानी क्याम्पसले गरे नवविद्यार्थीको स्वागत

    हेरालाे खबर

    काठमाडौ | नेतृत्व र सामाजिक उत्तरदायित्वमा जोड दिँदै इन्साइट र राजधानी क्याम्पसले गरे नवविद्यार्थीको स्वागत गरेकाे छ | दि इन्साइट भिजन कलेज र राजधानी क्याम्पसले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका हुन् | भर्खरै एसईई दिएर कक्षा ११ र १२ कक्षा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई दुवै कलेजले स्वागत गरेकाे हाे |

     

    राजधानीको धुम्बाराहीमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीको प्रतिभा, ऊर्जा र सम्भावनालाई उजागर गर्ने उदेश्यका साथ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको कार्यक्रम संयोजक समेत रहेका शिक्षक अन्जेश योञ्जनले जानकारी दिए ।
    नव आगन्तुक विद्यार्थीहरुको स्वागत समारोहलाई संवोधन गर्दै काठमाडौं शिक्षा तथा समन्वय इकाइ प्रमुख समन्तमणि आचार्यले इन्साइट भिजन कलेजले स्थापनाकादेखि नै शिक्षासँगै विद्यार्थीको नेतृत्व, सिर्जनात्मकता र सामाजिक उत्तरदायित्वमा विशेष जोड दिँदै आएको बताए ।
    उनले शिक्षालाई पुस्तान्तरणको साधनको रूपमा बुझ्न र विद्यार्थीको समग्र विकासमा यस्ता कार्यक्रममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै इन्साइट भिजन कलेज प्रशासनको प्रशंसा गरे ।


    त्यस्तै कार्यक्रम संयोजक समेत रहेका शिक्षक अन्जेश योञ्जनले इन्साइट र राजधानी कलेजले भविष्यमा अझ धेरै विद्यार्थी–केन्द्रित, दक्षता विकासमुखी र अनुभवजन्य कार्यक्रमहरू आयोजना गर्ने योजना बताए । उनले भने,“हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने मात्र होइन, जीवनलाई बुझ्न सक्ने, समाजलाई नेतृत्व गर्न सक्ने बनाउनेतर्फ लागिरहेका छौं।”

     

    कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुले विभिन्न गीत गाउने, नृत्य र नाटक जस्ता सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।यसका साथै लक्की ड्र मार्फत विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिएर विजयी भएका विद्यार्थीहरूलाई आकर्षक पुरस्कारहरू समेत प्रदान गरेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल भीम श्रेष्ठ र प्रबन्ध निर्देशक हेमन्त श्रेष्ठ लगाएत विद्यार्थीहरुको उल्लेख्य सहभागी थियो ।

     

     



    heralokhabar heralokhabar    
  • १६ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP