logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • मिडफिल्डर प्रीति नगदसहित सम्मानित

    • Heralo Reporter Heralo Reporter
    • ११ फाल्गुन २०८१ आईतवार
    मिडफिल्डर प्रीति नगदसहित सम्मानित

    हेरालाे खबर

    नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई नगदसहित सम्मानित भएकी छन् ।

    प्रीतिलाई अष्ट्रेलियाको सिड्नीमा रहेको दि गोर्खा स्पोर्ट्स क्लबसँगै ल्याङ टोली काठमाडौं र उनको पूर्व स्कुल शारदा एकेडेमीले १ लाख रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो ।

    क्लबका अध्यक्ष दिपेन्द्र राईले नेपालमा भइरहेको फोर नेसन्स इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको फाइनल खेलको लागि हौसला र प्रोत्साहन स्वरुप सम्मानित गरिएको बताएका छन् ।

    क्लबले महिला फुटबल टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई विभिन्न पदक दिलाउँदै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको र फुटबलको माध्यमबाट राष्ट्रलाई दिएको अतुलनीय योगदानलाई कदर गर्दै सम्मानित गरिएको जनाएको छ ।

    वुमेन्स च्याम्पियनसिपमा लगातार दुई जित एक खेल अगावै नेपाल फाइनलमा पुगिसकेको छ । दुई खेलमा सुरुवात गरेकी उनले उच्च प्रदर्शन गरकी थिइन्।

    नेपालले आज लिग चरणको अन्तिम खेलमा अर्काे फाइलिस्ट टोली म्यानमारसँग खेल्दैछ । फाइनल बुधवार हुनेछ ।

    उमेर समूहदेखि नै राष्ट्रिय टोलीको नेतृत्व सम्हालिसकेका उनी अहिले सिनियर टोलीकै भरपर्दा सदस्य बनिसकेका छिन् ।

    सन् २०२१ मा नेपालमै आयोजना भएको बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल दौरान उनले पहिलो रोजाईमा खेल्दै प्रीतिले सिनियर टोलीमा डेब्यु गरेकी थिइन् । उनी राष्ट्रिय टोलीको नियमित सदस्य छन् । उनी एपिएफ फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छिन् ।



    Heralo Reporter Heralo Reporter    
  • ११ फाल्गुन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP