logo
  • ७ असार २०८३, आईतवार | Sun, 21 Jun 2026
  • मदन भण्डारी कप यु–१९ भलिबल आइतबारदेखि हुदै 

    • heralokhabar heralokhabar
    • ७ असार २०८३ आईतवार
    मदन भण्डारी कप यु–१९ भलिबल आइतबारदेखि हुदै 

    हुरालाे खबर

    काठमाडौ  | मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

    प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।

    समूह ‘ए’ मा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, सरस्वती मावि, हेलम्बु, अमर ज्योति प्राविधिक विद्यालय, नुवाकोट र एन्जल्स स्पोर्ट्स एकेडेमी रहेका छन् । समूह ‘बी’ मा न्यु डायमन्ड एकेडेमी, एलिक्सर एकेडेमी, गणेश हिमाल स्कुल र सूर्य विनायक, भक्तपुर छन् ।

    शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जानकारी गराए । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।



    heralokhabar heralokhabar    
  • ७ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP